Announcement Title
Notice for construction of Underground Water tank at Damak

Damak notice purbasandesh


काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)
किओच-दमक बाल अस्पताल
दमक नगरपालिका, वडा नं. ७, रेडक्रस कम्प्लेक्स, झापा, नेपाल
फोन नं. ०२३-५८०६०२, वेबसाइट: www.kioch.org.np

अण्डरग्राउण्ड पानी ट्याङ्क निर्माण गर्नका लागि दरभाउपत्रको सूचना
दरभाउपत्र नं.: 01/078/79/K-DCH
(प्रथम पटक प्रकाशित भएको मिति: २०७८/१२/२१.)

काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले निर्माण तथा सञ्चालन गर्ने किओच-दमक बाल अस्पतालको हातामा अण्डरग्राउण्ड पानी ट्याङ्क निर्माण गर्नुपर्ने भएकोले सो कार्य गर्न योग्यता पुगेका इच्छुक  फर्म/सप्लायर्स/कम्पनीबाट अद्यावधिक गरेको आधिकारिक दर्ता तथा इजाजत प्राप्त प्रमाणपत्र,  मुल्य अभिबृद्धिकर प्रमाणपत्र, आ.व. २०७७।०७८ को कर चुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी, फाराम खरीद दस्तुर बापतको रकम रू १ हजार (फिर्ता नहुने) किओच-दमक बाल अस्पतालको सानिमा बैंक लमिटेड, नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७२ मा जम्मा गरी दरभाउपत्र सम्बन्धी फाराम खरीद गर्ने र दरभाउपत्रमा कबोल गरेको तल उल्लेखित धरौटी बापतको रकम किओच-दमक बाल अस्पतालको सानिमा बैंक लमिटेड, नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७२ मा जम्मा गरेको बैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा दरभाउपत्र दाखिला गर्ने अन्तिम दिनदेखि गणना हुनेगरी कम्तीमा ९० (नब्बे) दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पत्र संलग्न राखी तल उल्लेखित मिति र समय भित्र बाल अस्पतालको कार्यालयमा शिलबन्दी दरभाउपत्र पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीका लागि यस बाल अस्पतालको प्रशासन शाखामा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ ।

तपसिल:

  • दरभाउपत्र फारम खरीद गर्ने अन्तिम मिति र समय:   २०७९ बैशाख ५ गते कार्यालय समयभित्र
  • दरभाउपत्र दाखिला गर्ने अन्तिम मिति र समय:        २०७९ बैशाख ६ गते दिनको १२:०० बजेभित्र
  • दरभाउपत्र खोल्ने मिति र समय:                          २०७९ बैशाख ६ गते दिनको२:००
  • धरौटि रकम:                                                 कबोल अंकको  कम्तिमा ३ प्रतिशत