Announcement Title
Notice of sealed quotation for Deep Boring

logoकाठमाडौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, बुढानिलकण्ठ, काठमाण्डौ

आ.ब.०७७/७८ का लागि आबश्यक Deep Boring गर्ने सम्बन्धी

बोलपत्र आव्हानको सूचना ।


(प्रथम पटक प्रकाशित मिति २०७७/१२/२४)

 

            यस इन्स्टिच्युटको लागि आ.व. २०७७/७८ मा Deep Boring सम्बन्धी कार्य गर्नुपर्ने भएकोले सो कार्य गर्न योग्यता पुगेका इच्छुक फर्म÷कम्पनीबाट अद्यावधिक गरेको इजाजत प्राप्त प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, मुल्य अभिबृद्धि कर प्रमाणपत्र, आ.व. २०७६/०७७ को कर चुक्ता प्रमाणपत्रहरुको प्रमाणित प्रतिलिपी पेश गर्नु पर्नेछ । फाराम खरीद दस्तुर बापतको रकम इन्स्टिच्युटको सानिमा बैंक, नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७१ मा र तल उल्लेखित धरौटी बापतको रकम इन्स्टीच्युटको सानिमा बैंक, नक्साल शाखामा रहेको चल्ती खाता नं. ००१०१००१०००४९७१  मा जम्मा गरेको वैंक भौचर वा बैंक ग्यारेन्टीको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम दिनदेखि गणना हुनेगरी कम्तीमा १२० (एकसय बीस) दिन मान्य अवधि भएको नेपाल राष्ट्र बैंकबाट वर्गको मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी गरिएको बैंक ग्यारेन्टी पत्र संलग्न राखी यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ३० (तीस) दिनको ४:०० बजेभित्र इन्स्टीच्युटको कार्यालयबाट बोलपत्र फाराम खरिद गर्ने र ३१ औं दिनको १२:०० बजेभित्र इन्स्टिच्युटको कार्यालयमा आआफ्नो दररेट पेश गर्नहुन यो सूचना प्रकाशित गरिएको छ । अन्य विस्तृत जानकारीका लागि यस इन्स्टीच्युटको प्रशासनमा कार्यालय समयभित्र सम्पर्क राख्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ । बोलपत्र सम्बन्धी सक्कल कागजात तथा फाराम सही छाप गरी बोलपत्र खोल्ने समय अगावै इन्स्टिच्युटको कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । 

तपसिल

क्र.सं.

बोलपत्र संख्या नं.

कार्य विवरण

बोलपत्र खोल्ने मिति

फाराम खरीद दस्तुर

धरौटी रकम रु

/२०७७/७८

200 mm X 200 Meter Deep Boring Works

२०७८/०१/ २३  गते दिउँसो २:०० बजे

रु १०००।

रु ८७०००।००